अफगानी बालबालिका विद्यालय जान पाएनन्।

अन्तर्राष्ट्रिय समाचार

मंसिर ३०। पकिस्तानबाट फर्किएका अफगान परिवारका बालबालिका विद्यालय जान वञ्चित भएका र ती बालबालिकाको बालविवाह र बालश्रमिक हुने खतरा बढेको एक सर्वेक्षणले जनाएको छ। ‘सेभ द चिल्डे«न’ पाकिस्तानबाट फर्किएका अफगानिस्तानको नान्ग्राहार प्रान्तमा रहेका परिवारमाथि गरेको एक सर्वेक्षणबाट उक्त नतिजा देखिएको हो।
पाकिस्तानको इस्लामाबादमा अवैध तरिकाबाट बसोबास गर्दै आएका अफगानी नागरिकहरु तीन हजार पाँच सयभन्दा बढी संख्यामा दैनिक रुपमा फर्किन थालेपछि अवस्था थप चेतावनीयुक्त भएको जनाइएको छ। यस वर्षमा मात्र ६ लाख ५० हजारभन्दा बढी अफगान नागरिक पाकिस्तानबाट फर्किसकेका छन्। यीमध्ये प्रायले गर्मी नलागेसम्म नान्गा्रहार प्रान्तमा नै बसोबास गर्ने योजना बनाएका छन्।
आगामी महिनामा पनि लाखौं अफगानीहरु पकिस्तानबाट फर्किने अनुमान छ। सेभ द चिल्ड्रेनद्वारा अक्टोबर २८ देखि नोभेम्बर ८ सम्म नान्ग्राहार प्रान्तको पाँचवटा जिल्लामा गरिएको ३ सय ७९ वटा अन्तरवार्ताको आधारमा सर्वेक्षण गरिएको थियो। आमाबाबुको गरिबीको कारण आफ्ना बालबालिकाको सानै उमेरमा विवाह गरिदिने र बालबालिकालाई काम गराउने अर्थात् बालश्रम बढाउने सर्वेक्षणले पत्ता लगाएको छ।
अफगानिस्तानको नांगरहर प्रदेशको राजधानी जलालाबाद बाहिर हात समातेर मंगलबार आफ्नो पालनिर्मित स्कुलतर्फ जाँदै अफगानी स्कुले बालिका। पिाकिस्तानबाट आफ्ना अभिभावकसँग फर्केका अफगानी बालबालिका भने स्कुल जान पाएका छैनन्।

Post Comment