१,पौष। चीनले तिब्बती आध्यात्मिक नेता दलाई लामाले भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग भेटघाट गरेकोमा असन्तुस्टि व्यक्त गरेको छ र चीनले भनेको छ “आशा छ अब भारत यस कुराको स्वीकार गर्नेछ कि नोवेल पुरस्कार विजेता लामा आध्यात्मको आडमा एक पृथकतावादी हुन्।” राष्ट्रपति मुखर्जीले राष्ट्रपति भवनमा आईतबार बाल अधिकार सम्मेलनको उद्घाटन गरेका थिए जसमा दलाई लामा तथा अर्का नोवेल पुरस्कार विजेता उपस्थित भएका थिए।
यस सम्मेलनमा मोनाकोकी राजकुमारी चार्लीनी र पुर्वी टिमोरका पुर्व राष्ट्रपति जोस रामोस होर्ताले सम्बोधन गरेका थिए। भारत सरकारले दलाई लामाको बारेमा चीनको कडा आपत्तीलाई वाईपास गर्दै राष्ट्रपति मुखर्जीको साथ मञ्चमा लगेर अन्य आमन्त्रीत राष्ट्रप्रमुखहरुसँग मिल्ने अवसर दिएको चीनले जनाएको छ।
उक्त भेटघाट र दलाई लामाको सम्बन्धमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले आपत्ती जनाएका हुन्। दलाई लामा चीन र पृथकतावादी भएको भारतले स्वीकार गरी यस बिषयमा चीनलाई सहयोग गर्नुपर्नेमा आशा व्यक्त गरेको छ।