४ पौष। जोर्डनको ऐतिहासिक शहर कारकमा बन्दुकधारीमा को आक्रमण १० जनाको ज्यान गएको छ। प्रहरीको जवाफि कारवाहीमा चार जना आक्रमणकारी पनि मारिएका छन्। बन्दुकधारीमा को आक्रमणमा परि ज्गान जानेमा एक जना क्यानडियन पर्यटक र कम्तिमा चार जना प्रहरी अधिकारी रहेको सरकारी अधिकारीले बताएका छन्। घटनामा २७ जना घाइते भएका छन्।
बन्दुकधारीको आक्रमणपछि सुरक्षकर्मीले कारम शहरमा घेराबन्दी गरेका थिए। तर अहिले घराबन्दी हटाइएको छ। जवाफी कारवाहीमा मारिएका आक्रमणकारीसँग विस्फोटक पदार्थ,हतियार तथा आत्मघाती बेल्ट रहेको सुरक्षाकर्मीले बताएका छन्।
बन्दुकधारीले कारकको प्राचीन किल्ला कु्रसेडर्स कासलमा हमला यरेका हुन्। किल्लामा फसेका पर्यटकलाई सुरक्षीत रुपमा बाहिर निकालिएको जोर्डनका सञ्चारमाध्यमले जनाएका छन्। अहिलेसम्म आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन।