४ पौष। रुसी रक्षा मन्त्रालयसँग सम्वद्ध विमान साइबेरियाको याकुचियामा दुर्घटना भएको छ। दुर्घटनामा परि १६ जना गम्भीर घाइते भएको रक्षा मन्त्रालयले बताएको छ । यसअघि २७ जनाको मृत्यृ भएको रिपोर्टहरु आएको थियो। विमानमा ३२ यात्रु र ७ जना चालक दलका सदस्य थिए।
विमान रुसको टिक्सी नजिकै दुर्घटनामा परेको हो। खराब मौसमका कारण विमान दुर्घटना भएको बताइएको छ।