भारतमा ६ सय कैदि कारागार भित्रै मारिए।

अन्तर्राष्ट्रिय समाचार

५,पुस। भारतको विभिन्न कारागारमा ६ सय कैदीबन्दीको चरम यातनाका कारण मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले सार्वजनिक गरेको १ सय १४ पृष्ठको तथ्यांकमा पाँच बर्षमा भारतकाविभिन्न कारागारमा रहेका कैदी बन्दीलाई चरम यातना दिई मारेको उल्लेख छ ।यद्यपी, भारतीय प्रहरीले भने कुनै पनि कैदीबन्दीको मृत्यु बिरामी, आत्महत्या र दुर्घटनाका कारण हुने गरेको भन्दै तथ्यांकलाई आधारहीन भएको प्रतिक्रियादिएको छ ।

यता मानवअधिकार संस्थाले भने कैदीबन्दीका परिवारसँगको लामो समयदेखिगरेको कुराकानी र प्रमाणका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ ।तथ्यांकमा सन् २०१५ मा कारागारमा रहेका ९७ जना कैदी बन्दीको चरम यातनाकै कारण मृत्यु भएको उल्लेख छ।

Post Comment