६ पौष। मेक्सिको एक पटका बजारमा भएको विस्फोटमा कम्तिमा पनि २६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। सो घटना राजधानी मेक्सिको सिटिबाट ३२ किलोमिटरको दुरीमा रहेको स्थानमा भएको हो।
एक खुला स्थानमा लगाइएको बजारमा बिस्फोट हुँदा जम्मा भएका मानिस घाइते भएका थिए। एक स्टलमा आगलागी भएपछि बिस्फोट भएको बताइएको छ। घटनास्थलमा प्रहरी तथा उपचारका लागि डाक्टरहरुलाई परिचालन गरिएको थियो। आगलागिको कारण अझौ प्रष्ट भएको छैन।