६ पौष। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केहि दिन अघि चीनमाथि लगाएको चोरीको आरोप खण्डन गरेको छ। ट्रम्पले जफत गरिएको अमेरिकी ड्रोन चीनबाट फिर्ता चाँहिदैन भन्ने अभिव्यक्तिले चीनलाई घुमाउरो पारामा ड्रोन चोरेको आरोप लगाएका थिए।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिंगले सोमबार अमेरिकाको चोरीको आरोप खण्डन गर्दै विवादास्पद दक्षिण चीन सागरमा ‘सिपिङ’को स्वतन्त्रता अर्थात् सुरक्षित सिपिङको प्रत्याभूतीका लागि उक्त मानवरहित समुन्द्रि वाहनलाई ‘जिम्मेवार तथा व्यवसायिक’रुपले समातिएको बताइन्। यो क्षेत्रमा अमेरिका चीनियाँ तटमा जासुसी गरिरहेको पनि चीनले आरोप लगाएको छ।
हुआले चीनलाई चोरीको आरोप लगाएकोमा आफूहरु निकै असन्तुष्ट भएको बताउँदै भनिन्,‘हामीलाई चोरी ’भन्ने शब्द मनपरेनत्यो शब्द निकै गलत तरिकाले प्रयोग गरिएको छ। यो घटना बाटोमा भेटिएको कुनै वस्तु जस्तै हो जसलाई आफ्नो मालिकसम्म पुर्याउनका लागि अनुसन्धान गर्नुपर्छ,’हुआ थप्छिन्।
गत बिहिबार चीनियाँ जलसेनाले आफनो सानो डुङ्गा लञ्च गर्दै नाम नखुलाइएको यूयूवी –माजव समुन्द्री वाहन) लाई अमेरिका नजिकै ओसिनोग्राफिक रिसर्च भेसलबाट हटाइएको थियो। यसलाई ट्रम्पले अमेरिकी ड्रोन चोरेको आरोप लगाए ।