दलाई लामा लाई मंगोलिया भ्रमणमा रोक।

अन्तर्राष्ट्रिय समाचार

७ पौष। तिब्बती धर्मगुरु दलाई लामाको अतिथि सत्कार गरेका कारण चीनको आपत्ति झेलेको मंगोलियाले भनेको छ। उक्त कारण मंगोलियाले तिब्बती धर्म गुरुलाई दोस्रो पटक देशको भ्रमण गर्न दने छैन। मंगोलियाका एक विदेश मन्त्री त्यसेद मंख–ओर्गिलले दलाई लामाको धार्मिक उदेश्यका लागि पनि देशको भ्रमण गर्न अनुमति दिने छैन।
चीनको कडा आपत्तीको बाबजुत पनि गएको अघिल्लो महिना दलाई लामाले मंगोलियाको भ्रमण गरेका थिए। त्यहाँका बौद्ध पुजारीसँग भेटघाट गरेका थिए। चीनले भने दलाई लामालाई तिब्बतमा अलगाववादी गतिविधि चलाएको आरोप लगाईरहेको छ। मंगोलियामा दलाई लामाको गतिविधिलाई लिएर चीनले अघिल्लो हप्ता एक प्रमुख सिमा चौकी बन्द गरेको थियो जसमा सामान ढुवानीका ट्रकहरुको आवतजावत प्रभावित भएको मंगोलियाको एक समाचार पत्रले जनाएको छ। त्यसैले मंगोलिया चाहान्छ कि दलाई लामा पुनः मंगोलियाको भ्रमण नगरुन।

Post Comment