८पौष। आतंकवादीले क्रिसमसको दिन अष्ट्रेलियाको मेलबर्नको मुख्य व्यवसायिक क्षेत्रमा आक्रमण गर्ने इस्लामिक समुहले बनाएको योजनालाई मेलबर्न प्रहरिले बिफल पारिएको दावी गर्दै प्रहरिले ढुक्कसँग क्रिसमस र नयाँ बर्ष मनाउन भिक्टोरिया बासिलाई आग्रह गरेको छ।
शुक्रवार बिहान गरिएको कारवाहिपछि ५ जना व्यक्तिलाई पक्राउ गरेको भिक्टोरिया प्रहरिका प्रमुख ग्राहम एस्टनले बताए। एस्टनका अनुसार आतंकवादीले विस्फोटक पदार्थको प्रयोग गरि बन्दुक र छुरी लगायतका अन्य हतियार प्रयोग गरेर आतंक सृजना गर्ने योजना बनाएको बताएका हुन। उनीहरु अधिकाशं अष्ट्रेलियाम जन्मेका तर आइएस द्वारा प्रेरित युवाहरु रहेको पनि भिक्टोरिया प्रहरिका चिफ कमिस्रर ग्रहम एस्टनले जानकारी दिए।
आक्रमणको तयारि गर्ने युवाहरु करिब २० देखि २६ वर्षका रहेका छन्। उनीहरुले फेडेरेसन स्क्वर, फ्लीन्डर्स सेन्ट स्टेसन,र सेन्ट पल क्याथेड्रल सहर को मुख्य स्थानमा आतंकवादी आक्रमण गर्ने योजना बनाएका थिए। उनिहरु इस्लामिक स्टेटको प्रोपोगाण्डाबाट प्रभावित भएको प्रहरिले बताएको छ ।
भिक्टोरियाका पिरमियर डयानिटलले भने बहुसांस्कृतिक समुदाय हाम्रो सबैभन्दा ठुलो सम्पति हो तर ‘त्यसमा कहिले काहिँ यस्तै बाधा र चुनैतिहरु अइपर्छ त्यतिबेला पनि बहुसांस्कृतिक समाज र विविधता हाम्रो ठुलो शक्ति हो भन्ने कसैले पनि बिर्सनु हुदैन।’