मेहमद्द गद्दाफि पक्षधरले गरे १ सय १८जना सवार विमान अपहरण।

अन्तर्राष्ट्रिय समाचार

९ पौष। चालकदलका सात सदस्य र लिवियाका कानुन निर्माता अब्देल सलमान अल मरावेट,लगाएत ८२ जना पुरुष र २८ जना महिला सदस्य सहित १ सय १८ जना यात्रु बेकेको लिबियाको अफ्रिकिया विमान कम्पनिको एयसबस ए ३२० माल्टामा अवतरण भएको विमान अपहरणमा परेको छ। उक्त विमान लिवियाको सेवहा विमानस्थलबाट स्थानिय समय अनुसार शुक्रबार विहान साढे ९ बजे राजधानि त्रिपोलिकाको लागि उडेको थियो।
विमान भुमध्य सागरमाथि उडिरहेको बेला दुई जना  गद्दाफि समर्थक यात्रुले आफुसाँग ग्रिनेड भएको र आफुले भनेको ठाउँतिर नउडाए त्यो पड्काइदिने धम्की दिएर समर्थक हरुले यात्रुवहाक विमान अपहरण गरेका थिए।
अपहरित यात्रुवाहक विमानलाई उनीहरुले माल्टामा अवतरण गराएको बीबीसीले जनाएको छ। र अपहरण कारीले आत्मसमपर्ण गरेपछि उनिहरलाई हिरासतमा लिइएको र अपहरण कारीले विमानमा सवार १ सय १० जनालाई अपहरण मुक्त गरेको पनि माल्टाका प्रधानमन्त्री नोसेफ मस्कटले ट्वीट मार्फत जानकारी गराए। सर्वसाधारणलाई मुक्त गरेपनि विमानका कर्मचारी तथा कानुन निर्मातालाई भने अपहरण कारीले कब्जामा लिएका छन्। उनीहरुले आफ्नो माग पुरा नभए सम्म कर्मचारी तथा कानुन निर्मातालाई मुक्त नगर्ने बताएका छन्।

Post Comment