९१ यात्रु बोकेको रुसी बिमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त।

अन्तर्राष्ट्रिय समाचार

१०पौष। उडेको केहिसमय पछि रुसी विमान राडरबाट सम्पर्क बिहिन भएको छ। कृष्णसागरस्थित रिजोर्टबाट आइतवार उडान भएको केहि मिनेटभित्रै सम्पर्कविहीन भएको एक रुसी विमान सोचीबाट डेढ किलेमिटरको दुरीमा रहेको ब्ल्याक सीको करिब ५० देखि ७० मिटरको गहिराईमा फेला परेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।टियु–१५४ विमानमा यात्रु तथा चालक दलका सदस्य गरी ९१ जना रहेको रुसको रक्षा मन्त्रायले जनाएको छ। रक्षा मन्त्रालयको विमानमा सेना सेनाको सांगीतिक समुहका सदस्य र पत्रकार थिए। सिरियाको लटाकिए प्रान्तका लागि उडेको विमान बेपत्ता भएको हो।
समाचार संस्था इन्टरफ्याक्सले स्रोतलाई उद्धत गर्दै विमान नेपाली समय अनुसार आइतवार बिहान ८ बजेर पाँच मिनेटमा राडरको सम्पर्क बाहिर गएको जनाएको छ। विमान उडेको २० मिनेटपछि बेपत्ता भएको हो।

Post Comment