११ पौष। जपानका प्रधानमन्त्री शिंजो आवेले अमेरिकाको पर्ल हार्वरको आफ्नो यात्राको क्रममा यस दुनियाको लागि एक सन्देश दिन चाहान्छन् कि जापान युद्ध जस्तो अत्याचार को पुनरावृत्ति गर्ने छैन। अमेरिकाका राष्ट्रपति बाराक ओवामाको हिरोसिमा यात्राको सात महिना पछि आवे अब पर्ल हार्वरमा श्रद्धान्जली दिनेछन्।
पर्ल हार्वरमा जापानी हमलाबाट दोश्रो विश्व युद्धको सुरुवात भएको थियो। जापानको हिरोसिमामा अमेरिकाले परमाणु बम खसालेको थियो र त्यसपछि युद्धको अन्त्य भएको थियो। आवेले जापानी व्यापार गोष्टिको सम्बोधन गर्दै भनेका छन् दुनियामा विभिन्न समस्याहरुसँग काम गर्नको लागि जापान र अमेरिकाको गठबंधन एक नयाँ आशा हो।
उनले भने मलाई आशा छ कि यस यात्रा ऐतिहासिक हुनेछ। ऋावे हमला भएको ७५ वर्ष पछि ओवामाको साथ पर्ल हार्वर जानेछन्। दुवैजना मंगलबार हवाई प्रान्तको राजधानी होनोलुलुमा भेटघाट गर्ने छन्।