१५ पौष। नाईजेरियाली कुख्यात आतंकवादी संगठन बोको हरामले बन्धक बनाईएका साना बच्चाहरुलाई रेप गर्ने जस्तो घृणीतकार्य सिकाई रहेका छन्। ती बच्चाहरु १३ बर्ष सम्मका छन्। ब्रिटीस वेवसाईट डेलीमेलको उदृत गर्दै यस्ता खबरहरु बाहिर आईरहेका छन्। रिपोर्टको अनुसार नाईजेरियाली जिहादीहरुको कब्जाबाट बाँचेर आएका एक बच्चाले यस घटनाको खुलासा गरेका हुन। उसले बताए अनुसार युवा आतंककारीहरुले बनधक बनाएका हरुलाई यौन क्रियाकलाप गर्न सिकाइरहेका छन्।
नाइजेरियाको बागा इलाकाबाट अपहरण गरिएका बच्चाले बताएकि बढि उमेरका आतंकवादीहरुले दुई दिन देखि उनीहरुलाई कसरी रेप गर्ने भन्ने सिकाईरहेका छन्। यस समयमा उनिहरुले बन्धक बनार्ईएका महिला र बच्चिहरुको निशाना बनाइरहेका छन्। द डेलीमेलका अनुसार बोको हरामको कब्जा बाट उम्किएकी एक किशोरीले बताइन की सानो १३ बर्षको केटाले उनको रेप ग्यो तर उनी भन्छीन म उस केटोसित बच्न सक्थे तर उसंग बन्दुक थियो।
यस्तो घृणित तथा कठोर खबर यस्तो समयमा बाहिर आयो कि बोकोहरामका लडाकु गत हप्ता आफ्नो स्थानबाट भाग्न बाध्य भएका थिए। तर उनीहरुका कब्जामा २०१४ मा अपहरण भएका केहि किशोरीहरु छन। किशोरीहरुलाई उनीहरुले हवाइ हमलाबाट बच्नको लागि ढाल जसरी प्रयोग गरिरहेका छन्।