१८ पौष। बेलायतका एक मन्त्रीले विश्वको सबैभन्दा खतरनाक आतंकवादी संगठन मध्य एक आईएसआईले बेलायतमा व्यापक रुपमा मानिसहरुको हत्या गर्न चाहान्छन् र यसका लागि उनीहरुले रसायनिक हतियारले आक्रमण गर्नेको योजना बनाईरहेका छन् भन्ने कुराको आशंका व्यक्त गरेका छन्।
‘द सन्डे टाईम्स’ लाई दिएको अन्र्तवार्तामा मन्त्री बेन वालेसले बताएका छन की, युकेको गुप्तचर विभागका प्रमुखले यस कुराको चेतावनी दिएका छन र यससँग सामना गर्ने तयारी पनि गरेका छन्। उनले अगाडी भनेका छन्, आईएस द्वारा सिरिया र ईराकमा रसायनिक हतियारको प्रयोग गरिसकेको छ भने यस कुराको आशंका छ कि यो आतंकवादी संगठन ब्रिटेनमा पनि यीनै हतियारहरु प्रयोग गर्न चाहान्छ।
आफ्नो यस आशंकाको पुष्टि गर्नका लागि मन्त्रीले फेव्रुअरीमा मोरक्कोमा एक आईएस आतंककारी पक्राउ परेको उदाहरण दिएका थिए। उनले भनेका थिए की, मोरक्कोमा गिरफ्तार भएको आतंककारीसँग रसायनिक हतियारको तयारीमा प्रयोग गरिने सामान बरामद भएको थियो।
वालेसको अनुसार मध्यपूर्वमा आफ्नो पकड कमजोर भएपछि आईएस अब ब्रिटेनको आफ्नो निशाना बनाउन सक्छ। करिब ८०० ब्रिटिस सैनिक सिरियामा आईएसको विरुद्धमा लड्न गएका थिए जसमा आधा संख्यामा मात्र फिर्ता आउन सकेका छन भने १०० सैनिकको हत्या गरिदिएका छन्।