फिनल्याण्ड सरकाले सुरु गर्यो बेरोजगारी भत्ता, बेरोजगारीलाई प्रति महिना ५८७ डलर।

अन्तर्राष्ट्रिय समाचार

२० पौष। फिनल्याण्डमा बेरोजगारीहरुका लागि यो वर्ष खास खुसिहरुले भरिएको छ। फिनल्याण्ड युरोपको यस्तो पहिलो देश बनेको छ जो आफ्ना बेरोजगार नागरिकहरुलाई प्रत्येक महिना ५८७ डलर वा नेपाली लगभग ४० हजार रुपैयाँ दिने भएको छ। देशमा गरिबी कम गर्ने र रोजगारको बढवा दिने उदेश्यले सरकारले यो अद्वितीय पहल गरेको छ।
हालसालै यस योजना प्रयोगात्मक रुपमा सुरु गरिएको छ। फिनल्याण्ड सरकारको एजेन्सी ‘केईएलए’ का ओली कंगसले बताएका छन्, कि यो परिक्षण दुई बर्षका लागि गरिएको छ र यसका लागि २००० बेरोजगारहरुको चुनिएको छ। उनीहरुलाई एक जनवरीबाट यस सुबिधा मिल्ने छ।
फिनल्याण्डका प्राईभेट सेक्टरमा काम गर्ने व्यक्तिले औसतमा प्रत्यक महिना ३ हजार ५०० युरो वा लगभग २,५०,००० नेपाली रुपैयाँ कमाउँछन्। जसलाई यो योजनामा चुनिएको छ, यदि उनीहरुले जागिर पाए भने पनि सरकारको तर्फबाट बेरोजगारी भत्ता पाईरहनेछन्।
यदि यो प्रयोग सफल भयो भने यसपछि अन्य कम आय हुने व्यक्तिहरुको लागि पनि सुरु गरिने बताईएको छ। जनकारी अनुसार गत बर्ष स्वीजरल्याण्डमा पनि प्रत्येक नागरिकलाई सरकारको तर्फबाट भत्ता दिने प्रस्ताब गरेको रकम खारेज गरेको थियो।

Post Comment