हवाई हमलामा ३० नागरिकको मृत्यु।

अन्तर्राष्ट्रिय समाचार

१ माघ। ईराकमा कुख्यात आतंकवादी संगठन ईस्लामिक स्टेट (आईएस) को कब्जामा रहेको शहर मोसुलमा हिजो भएको हवाई हमलामा कम्तिमा ३० जनाको मृत्यु भएको छ। स्थानीय नागरिहरुको अनुसार मोसुलको पश्चिमी ईलाकामा अल–जादीदामा एक आतंकवादी हरबी अब्देल कादेरको घरहरुलाई लक्षित गर्दै कम्तिमा ३ मिसाईल छोडेका थिए।
एक नागरिकले बताए अनुसार हमलाको समयमा कादेर घरमा थिएनन् तर हमलामा उसको परिवारको धेरै सदस्य मारिएका थिए। प्रत्यक्ष दर्शीहरुको अनुसार तत्कालिन आक्रमणको अहिले सम्म पुष्टिहुन सकेको छैन की यस हमला आईएसको विरुद्ध संघर्षमा उत्रिएका अमेरिकी सैनिकहरुले गरेका हुन अथवा ईराकी सैनिकहरुले नै गरेका हुन।

Post Comment