५ माघ। सिरियाको राजधानी दमाश्कस देखि उत्तर पूर्वमा रहेको हरास्ता शहरमा हिजो एक सुरुङ्गमा भएको विस्फोटमा सेनमका जर्नेल सहित नौ सैनिकको मृत्यु भएको छ।
सीरिया स्थित मानव अधिकारका लागि निगरानी समूहका प्रमुख रामी अब्देल रहमानको अनुसार विद्रोहिहरुले हारास्ता स्थित एक सुरुङ्गमा नियोजित रुपमा विस्फोट गराईएको थियो। यस विस्फोटमा सेनाका जर्नेल दर्जाका एक अधिकारी सहित आठ सैनिकको मृत्यु भएको छ भने केहि घाईते भएका छन्। रहमानले बताए अनुसार घाईते मध्ये केहिको स्थिति गम्भिर रहेको छ।
हुनत सीरिया सरकार वा सेनाको तर्फबाट यस सम्बन्धमा केहि आधिकारिक बयान दिएका छैनन्। सीरियामा मार्च २०११ बाट सुरु भएको गृहयुद्धले हालसम्म ३लाख भन्दा धेरै मानिसहरुको ज्यान गईसकेको उल्लेख गरिएको छ।