ताइवानमा बस दुर्घटना,३२ जनाको मृत्यु

अन्तर्राष्ट्रिय समाचार

एजेन्सी । ताइवानमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । राजधानी ताइपेइमा पर्यटक चढेको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो । बसमा अधिकांश बढी उमेर समूहका पर्यटक रहेका थिए ।

दुर्घटनापछि बसमा आगलागी भएकाले अधिकांश घाइते जलेका छन् ।
दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । गत जुलाईमा पनि ताइवानको तायोयुआन शहरमा भएको बस दुर्घटनामा २६ जनाको मृत्यु गएको थियो ।

Post Comment