बेलायतको संसद बाहिर आतंकवादी हमला प्रयास भएको छ ।
सेन्ट्रल लन्डनस्थित तल्लो सदन हाउस अफ कमन्समा प्रहरीमाथि गोली हानिएको छ ।अधिकारीहरुले घटनालाई आंतकवादी आक्रमण भनेका छन । संदिग्ध हमलाकारीले एकजना प्रहरीलाई चक्कू हानेका थिए ।
घटनापछि संसद वरपर आवतजावतमा रोक लगाइएको छ । सांसद तथा पत्रकारले संसद बाहिर ठूलो आवाजमा गोली हानेको सुनेका थिए ।थप अनुसन्धान भईरहेको बताएका छन् ।