रुसमा बम बिस्फोट ,११ जनाको मृत्यु

रुसमा बम बिस्फोट ,११ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार

रुसको सेन्ट पिटर्सबर्गस्थित मेट्रो स्टेशनमा सोमबार भएको विस्फोटमा ११ जनाको ज्यान गएको छ । दुइवटा मेट्रोस्टेसनबीचको टनेलमा दुई वटा विस्फोट भएका थिए ।

घटनामा ५० जना घाइते भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार सबेरै सेन्ट पिटर्सबर्गमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका थिए । पुटिनले विस्फोटको घटनाको छानबिन गरिने जनाएका छन् ।

विस्फोटपछि सबै मेट्रो स्टेसन बन्द गरिएका छन् ।  सेन्ट पिटर्सबर्ग मेट्रोका ५ लाइन र ६७ स्टेसन छन् । सन् १९५५ मा सुरु गरिएको सेन्ट पिटर्सबर्ग मेट्रोले दैनिक २३ लाख मानिस बोक्छ ।

Post Comment