इरानले राष्ट्रिय संसद तथा आयातोल्लाह खोमेनीको समाधिस्थलमा बुधबार गरिएका आक्रमणको दोष साउदी अरेबिया र अमेरिकालाई लगाएको छ।
विद्रोही समूह इस्लामिक स्टेट आइएसले जिम्मा लिएको उक्त हमलाका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ।
इरानको शक्तिशाली रिभोलुसनरी गार्ड्स सेनाले ती हमलाका पछाडी साउदी अरेबिया तथा अमेरिकाको हात रहेको आरोप लगाएको छ।
इरानका अनुसार राजधानी तेहरानमा भएका हमलाका आक्रमणकारी आइएसमा सामेल भएका इरानीहरु हुन्।
आत्मघाती हमलाकारीहरु सबै मारिएका थिए।
तेस्रो आक्रमणको योजना गरिरहेका विश्वास गरिएका पाँच जना पक्राउ परेका छन्।
बीबीसी सम्वाददाता पल एडम्स भन्छन्, “केही महिना यता आइएसले इरानको विरुद्ध वयानबाजी तीव्र पारेको थियो। उसले इरानका अल्पसंख्यक सुन्नी मुसलमान समुदायलाई बहुसंख्यक शिया नियन्त्रणविरुद्ध उत्रन उकासिरहेको थियो।”
मध्येपूर्वमा साउदी अरेबिया तथा अन्य अरब राष्ट्रहरुले अतिवादीहरुलाई सहयोग गरेको अनि इरानसंग सम्बन्ध बढाएको आरोपमा कतारसंग सम्बन्ध विच्छेद गरेपछि उत्पन्न तनावका माझ तेहरानमा उक्त घटना भएको छ।
मध्येपूर्वमा साउदी अरेबिया तथा अन्य अरब राष्ट्रहरुले अतिवादीहरुलाई सहयोग गरेको अनि इरानसंग सम्बन्ध बढाएको आरोपमा कतारसंग सम्बन्ध विच्छेद गरेपछि उत्पन्न तनावका माझ तेहरानमा उक्त घटना भएको छ
सुन्नी शासित साउदी अरेबिया तथा शिया बहुल इरान सो क्षेत्रका कट्टर प्रतिस्पर्धी हुन्।
यसअघि आइएस समूहले इरानमा उसको पहिलो आक्रमणको जिम्मा लिएको थियो र शिया मुसलमान बहुल इरानमा थप आक्रमणको चेतावनी दिएको थियो।
इरानको रिभोलुसनरी गार्ड्सले राष्ट्रपति ट्रम्पले सो क्षेत्रको भ्रमण गरे लगत्तै भएको सो हमलाका निम्ति साउदी अरेबिया र अमेरिकालाई दोष दिएको छ।
अमेरका तथा साउदी अरेबिया दुवैले सो आक्रमणको निन्दा गरेका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणका १२ मृतकप्रति समवेदना प्रकट गर्दै आतंकवादलाई प्रश्रय दिने राज्यहरु त्यसैको शिकार हुने खतरा रहेको चेतावनी दिएका छन्।
साउदी अरब र अमेरिकाको योजनामा ईरानमा आक्रमण
