युएईमा गोर्खाल्याण्डको विषयमा नेपालीबीच विवाद हुँदा चक्कु प्रहार

युएईमा गोर्खाल्याण्डको विषयमा नेपालीबीच विवाद हुँदा चक्कु प्रहार
अन्तर्राष्ट्रिय समाचार

– युएईमा गोर्खाल्याण्डको विषयमा विवाद हुँदा नेपालीबीच झडप भएको छ । झडपमा दुईजना नेपाली घाइते भएका छन् भने एक जना हतियारसहित पक्राउ परेका छन् ।

युएईको आबुधाबीमा बङ्गाली मार्केटमा सुनसरीको धरानका र झापाको काँकडभिट्टाका नेपालीबीच भनाभन हुँदा झडप भएको हो । झापा र धरानका सबै युवाहरु गोर्खाल्याड मागको विरोधी हुन् । तर झापाका युवाले आफू नेपाली भएकोमा गर्व गर्ने बताएपछि धरानका युवाले आवेशमा आएर गोर्खाल्याण्ड भारतमा बनाउन नपाइने भन्दै चक्कु प्रहार गरेको बताइएको छ ।

झडपमा झापा मेचीनगरका रबिन सिवाकोटी र अमृत तामाङ घाइते भएका छन । घाइतेको आबुधाबीमा उपचार भइरहेको छ । घाइते दुईजना नै आबुधाबीको एसिसी कन्ट्रर्याकटिङ कम्पनीमा कार्यरत छन् । चक्कु प्रहार गर्ने नेपालीलाई आबुधाबी प्रहरीले चक्कुसहित पक्राउ गरेको छ ।

Post Comment