भारतलाई चीनको कडा चेतावनी :-अब काश्मिरमा चिनियाँ सेना खटाउँछौं

भारतलाई चीनको कडा चेतावनी  :-अब काश्मिरमा चिनियाँ सेना खटाउँछौं
अन्तर्राष्ट्रिय समाचार

भारतले डोकलामबाट आफ्नो सेना फिर्ता बोलाउने चीनको आग्रहलाई अस्विकार गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले डोकलाम मुद्दामा भारतको दृष्टिकोण र बाटो खोज्ने तरिकालाई चीनको अगाडि स्पष्ट पारेको बताएका छन् ।

‘सीमाको मुद्दासँग लड्नका लागि दुबै देशबिच पहिलेदेखि नै एक सिस्टम बनेको छ र अहिलेको विवादको विषयमा पनि हामीले त्यही दिशामा अघि बढ्नुपर्ने हुन्छ ।’ बागलेले भने, ‘अन्तर्राष्ट्रिय समूदायले पनि समस्याको समाधान कुराकानीमार्फत गर्नुपर्छ भन्ने कुराको समर्थन गरेको छ । हामीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दृष्टिकोण स्पष्ट पारेका छौं ।’

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले आफ्नो एक लेखमार्फत भारतलाई कडा चेतावनी दिएको छ । ‘ग्लोबल टाइम्स’ मा प्रकाशित लेखमा भनिएको छ ‘भुटानको तर्फबाट सिक्किम सेक्टरको डोकलाम इलाकामा चिनियाँ सेनाले निर्माण गरिरहेको सडक भारतीय सेनाले रोक्यो, त्यस्तै तर्कलाई उपयोग गर्दै पाकिस्तानको आग्रहमा काश्मीरमा तेस्रो देशको सेना पस्नेछ।’

चीनियाँ मिडियाले भनेको छ, ‘डोकलाम मसला चीन–भूटान सीमामा विवाद छ । यसमा तेस्रो पार्टीको रुपमा भारतले हस्तक्षेप गर्ने के अधिकार छ ? नयाँ दिल्लीको तर्क अनुसार यदि यदि उनीहरुलाई यस्तो अधिकार छ भने यो निकै खतरनाक हुनेछ किनभने यदि कश्मिरमा पाकिस्तानले अपिल गर्यो भने चीनियाँ सेना त्यहाँको विवादित क्षेत्रमा प्रवेश गर्नसक्छ जसमा भारतको अधिकार भएको कश्मिर पनि पर्छ ।’

यो लेखमा लेखिएको छ, ‘भूटानको तर्फबाट भारतसँग कुनै मद्दत मागिएको छैन तर भारत यो मुद्दामा आफ्नो अडान लिइरहेको छ । यदि भुटानले भारतबाट आफ्नो क्षेत्र बचाउँनको लागी आग्रह आयो भने यो उसको स्थापित सिमा सम्म मात्र हुनेछ। विवादित क्षेत्रमा होइन।’

पत्रिकामा भनिएको छ, ‘भूटान सरकारको तर्फबाट जारी जून २९ तारिखको बयानमा भारत सरकारसँग मद्दत मागेका कुरा कही कतै लेखिएको छैन । कूटनीतिक सूत्रका अनुसार भूटान सरकारलाई भारतको घुसपेठबारे पनि थाहा थिएन ।’

डोकलाममा ४२ दिनदेखि भारत र चीनका सैनिक आमनेसामने छन् । यो इलाका एक ट्राई जंक्शन (तीन देशको सीमा मिल्ने स्थान) हो । चीन यहाँ सडक बनाउन चाहन्छ तर भारत यसको विरोध गरिरहेको छ ।

Post Comment