नयाँ दिल्ली–भारतीय पत्रिका इकोनमिक टाइम्सका अनुसार चीन सरकारले दावी गरेको छ कि डोकलाममा भारतले सैनिक संख्या घटाएको छ ।
१५ पेजको एक दस्तावेजसँगै चीनको विदेश मन्त्रालयले दावी गरेको छ कि डोकलाम सीमा जहाँ पहिला करिव ४०० भारतीय सैनिक थिए, अहिले संख्या घटेर ४० पुर्राइएको छ ।
भारतले भने चीनको यो दावी खारेज गरेको छ । भारत सरकारले भनेको द्ध कि चीनको विदेश मन्त्रालयद्धारा दिइएको जानकारी गलत छ र दुई देशका करिव ३५० देखि ४०० सैनिक एक अर्कासँग आमने–सामने छन् ।
चीनको दस्तावेजमा भनिएको छ, १६ जुन २०१७ मा चीन डोकलाम इलाकामा सडक बनाईरहेको थियो । १८ जुन २०१७ मा अधिकृत भारतीय सैनिक हतियारसहित बुल्डोजर लिएर डोकलाम क्षेत्रमा आए । भारतीय सैनिक सडक निर्माण रोक्ने उदेश्यले चीनको इलाकामा एक सय मिटर जति भित्र घुसे । एक समय त्यहाँ भारतीय सैसनकको संख्या ४०० जति पुगेको थियो ।
दस्तावेजमा दाबी गरिएको छ कि ‘भारतीय सैनिक त्यहाँ तीन टेन्ट गाडे र चीनको सीमामा १८० मिटरभित्रसम्म आए । जुलाईको अन्तिमसम्म अव त्यहाँ ४० भारतीय सैनिक र एक बुल्डोजर अवैध तरिकारले चीन सीमामा छन् ।’
चीनको दाबी भन्दा फरक भारतले ३५० सैनिक छ सातादेखि डोकलाम श्रेत्रमा डटेर बसेको बताएको छ ।