बिहारमा बाढीका कारण ९१ जनाको ज्यान गयो

बिहारमा बाढीका कारण ९१ जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय समाचार

भारतीय राज्य बिहारमा बाढीका कारण कम्तीमा पनि ९१ जनाको ज्यान गएको छ । साथै, यसबाट करिब ९६ लाखजना नागरिक प्रभावित भएका छन् ।

गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ ।

बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको बताइएको छ । ती क्षेत्रमा अहिले पनि वर्षाकोक्रम जारी रहेको छ । जसका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ ।

बाढीका कारण लाखौंलाख नागरिक विस्थापित भएर सरकारले व्यवस्था गरेका शिविरमा बास बसिरहेका छन् । त्यस्तै, हजारौंजना घरबारविहीन बन्न पुगेका छन् ।

बिहारका १२ जिल्लालाई बाढीले बढी मात्रामा प्रभावित पारेको छ । सरकारले उद्वारकार्यलाई तीव्रता दिएको जनाएको छ ।

बाढीबाट प्रभावित भएकालाई शिविर बनाएर राखिएको छ । सो शिविरमा कैयौं नागरिक बसिरहेका छन् । केही हराएका छन् । बाढीमा परेर हराएकाको खोजीकार्य जारी छ ।

प्रभावित क्षेत्रमा ३५० शिविर निर्माण गरिएका छन् । ती शिविरमा हजारौं नागरिक बसिरहेका बताइएको छ ।

बिहारका मुख्यमन्त्री नितीश कुमारले उद्वार र राहात वितरणका लागि दुईओटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।

बिहारमा मंगलबारसम्म वर्षा नरोकिएकोले पानीको सतह घटेको छैन । यसका कारण उद्वारको काम पनि कठिन भइरहेको बिहारका प्रवक्ताले जानकारी दिएका छन् ।

Post Comment