बार्सिलोनामा आतंकवादी आक्रमण कम्तिमा १३ जनाको मृत्यु, ८० घाइते

बार्सिलोनामा आतंकवादी आक्रमण कम्तिमा १३ जनाको मृत्यु, ८०  घाइते
अन्तर्राष्ट्रिय समाचार

स्पेनको बार्सिलोना शहरमा आतंकवादी आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । घटनामा ८० जना घाइते भएका छन् ।

बार्सिलोना आक्रमणपछि क्याम्ब्रिल्स बन्दरगाह क्षेत्रमा पनि आक्रमण भएको छ । प्रहरीले त्यहाँको आक्रमण रोक्न फायरीङ गर्दा केही व्यक्ति मारिएका छन् ।
यसअघि बार्सिलानाको पर्यटकीय क्षेत्र लास राम्बलास क्षेत्रमा मानिसहरुको भिडमा कार आक्रमण भएको थियो । आक्रमणकारीले मानिसहरुको भिडमा लगेर कार जोताएका थिए । सो आक्रमणमा संलग्न भएको भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिउ सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा स्लामिक स्टेटको संलग्नता रहेको अनुमान छ ।
स्पेनका प्रधानमन्त्री मारियानो रखायले यो ‘जेहादी आक्रमण’ भएको बताएका छन् ।
बार्सिलोनामा भएको आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ। उक्त आक्रमण आफ्नो सेनाले गरेको दावी इस्लामिक स्टेटले गरेको छ।

Post Comment