पाकिस्तानले आतंकवादलाई प्रश्रय दिइरहेको अमेरिकी राष्ट्रपतिको आरोप

पाकिस्तानले आतंकवादलाई प्रश्रय दिइरहेको अमेरिकी राष्ट्रपतिको आरोप
अन्तर्राष्ट्रिय समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिइरहेको आरोप लगाएका छन् ।

अमेरिकाको भर्जिनियामा सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले पाकिस्तान आतंकवादीहरुको गढ बन्दै गएको भन्दै यसलाई नियन्त्रण नगरे आफूहरुलाई सह्य नहुने चेतावनी दिए ।

आतंकवाद नियन्त्रणका लागि अमेरिकाले पाकिस्तानलाई ठूलो आर्थिक सहयोग गरेपनि पाकिस्तानले यसलाई बेवास्ता गर्दै कुनै चासो नदेखाएको आरोप उनको आरोप छ ।

यसैगरी ट्रम्पले अफगानिस्तानमा तैनाथ आफना सैनिकको सहयोगमा भइरहेको कारबाहीबाट आतंकवाद नियन्त्रणमा पाकिस्तानलाई सहयोग पुगिरहेको धारणा ब्यक्त गरे ।

अफगानिस्तानमा आंतंकबाद नियन्त्रणका लागि ८ हजार ४ सय सैनिक हालसम्म पनि कार्यरत छन् ।

Post Comment