भारतमा हिंसा भड्कियो , २६ जनाको मृत्यु एक हजार भन्दा बढि पक्राउ

अन्तर्राष्ट्रिय समाचार

भारतका एक नाम चलेका गुरू गुरमीत राम रहिम सिंहलाई हरियाणाको एक अदालतले दुई जना महिलाको १५ वर्ष अघि भएको बलात्कारमा दोषी भनेपछिको हिसांमा २३ जनाको मृत्यु भएको छ ।

कैयौं घाइते भएका छन् भने करिब एक हजार भन्दा बढि सर्मथक पक्राउ परेका छन् । अनियन्त्रित भिडले सञ्चारकर्मीका सवारीसाधन तोडफोड गरेका छन्। डेरा सचा सौदा समुदायका प्रमुख गुरमीत राम रहिम सिंहलाई उक्त दोषको सजाय सोमबार सुनाइनेछ।

अदालत रहेको पंचकुला नगरमा प्रहरीले अश्रु ग्यास तथा गोलीको समेत प्रयोग गरेको छ। त्यहाँ कर्फ्यु लगाइएको समाचार एजेन्सी पीटीआइले जनाएको छ।

पञ्जाब तथा हरियाणाका कतिपय स्थानमा डेरा समर्थकहरुले हिंसा मच्चाएको खबर प्राप्त भएका छन्।  पञ्जाब तथा हरियाणा दुवै राज्यका मुख्यमन्त्रीले शान्ति कायम राख्न अपिल गरेका छन्।

उता डेरा समर्थकहरु दिल्ली को आनंद विहार रेलवे स्टेशन मा खुदी रिवा एक्सप्रेस को दुई खाली कंटेनरहरुलाई आगो लगाएका छन्।

यसअघि उनको मुद्दामा फैसला हुने भएपछि त्यस्तै हिंसा होला भनेर पंचकुला नगरमा व्यापक सुरक्षा बन्दोबस्त गरिएको थियो।

पंचकुलामा झण्डै दुई लाख समर्थक भेला भएका बताइएको थियो। त्यहाँ आकाशमा सैनिक हेलिकप्टरले गश्ती गरेका थिए भने सडकमा पनि सेना सहित अय सुरक्षाकर्मीहरु तैनाथ गरिएका थिए।

उक्त राज्यका कतिपय भागमा यही मुद्दाको फैसलाको संवेदनशीलताका कारण स्कूल, सरकारी कार्यालय, सडक तथा रेलवे बन्द गरिएका छन्। साथै इन्टरनेट तथा मोबाइल फोन सेवा पनि ७२ घण्टादेखि बन्द छन्।

Post Comment