उत्तर कोरियाबाट तीन वटा मिसाइल प्रहार

उत्तर कोरियाबाट  तीन वटा मिसाइल प्रहार
अन्तर्राष्ट्रिय समाचार

उत्तर कोरियाले शनिबार बिहानै छोटो दूरीका तीन वटा मिसाइल परीक्षण गरेको छ ।

चिनियाँ टेलिभिजन सीजीटीएनका अनुसार अनुसार बिहान ६ः४९ मा आधा घण्टाभित्र उत्तर कोरियाले छोटो दूरीका तीन क्षेप्यास्त्र परीक्षण गरेको हो ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्र करिब २५० किलोमिटर दूरी पार गरी विस्फोट भएको थियो ।

 

केही दिनदेखि अमेरिकी र दक्षिण कोरियाली सेनाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तर कोरियाले यस्तो कदम चालेको हो । पछिल्लो समय अमेरिका र उत्तर कोरियाको सम्बन्ध चिसिदै गएको छ ।

Post Comment