अमेरिकी दूतावास नजिकै आत्मघाती आक्रमण,चारको मृत्यु

अमेरिकी दूतावास नजिकै आत्मघाती आक्रमण,चारको मृत्यु
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा अवस्थित अमेरिकी राजदूतावासनजिकै गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ ।

अफगानिस्तानको जार इलाका पनि रहेको यस स्थानमा भएको आत्मघाती आक्रमणमा अन्य कैयौँ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन ।

कडा सुरक्षाको व्यवस्था रहेको यस स्थानमा आत्मघाती आक्रमणकारीले बोकेको बम विस्फोट गराएका थिए । स्थानीय समयाअनुसार मङ्गलबार विहान १० बजे भएको यस आक्रमण तालिबान वा आइएसले गरेको भन्ने बारेमा केही बताइएको छैन ।

सुरक्षाका हिसाबले अति संवेदनशिल रहेको सो क्षेत्रमा भएको हमलापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था झन कडा बनाइएको छ ।

सो क्षेत्र बजार इलाकामा रहेको छ । उक्त क्षेत्रमा इदको पूर्वसन्ध्यामा किनमेलका लागि नागरिक उपस्थित भएका बेला यस्तो हमला भएको बताइएको छ

Post Comment