उत्तर कोरियाको हाइड्रोजन बम परीक्षण भड्काउपूर्ण :-रुसी राष्ट्रपति पुटिन

उत्तर कोरियाको हाइड्रोजन बम परीक्षण भड्काउपूर्ण :-रुसी राष्ट्रपति पुटिन
अन्तर्राष्ट्रिय समाचार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउनु अनुपयुक्त र प्रभावहीन हुने बताएका छन् ।

मंगलबार (आज) चीनको सियानमेनमा ब्रिक्स सम्मेलनका क्रममा बोल्दै राष्ट्रपति पुटिनले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउनु अनुपयुक्त र प्रभावहीन हुने उल्लेख गर्दै ‘उत्तरले आणविक कार्यक्रम छोड्नुभन्दा घाँस खान तयार हुने’ बताएका हुन् ।

उत्तर कोरियाले गत आइतबार हाइड्रोजन बमको सफल परीक्षण गरेपछि अमेरिकी नेतृत्वले संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरिरहेको समयमा आज रुसी राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो ।

उक्त कार्यक्रममा राष्ट्रपति पुटिनलले सैन्य उन्मादले विश्वलाई विनासतर्फ धकेल्ने भन्दै कूटनीतिक ढंगबाट मात्रै समस्याको समाधान गर्न जोड पर्दको बीबीसीले उल्लेख गरेको छ ।
यद्यपी, उत्तरको हाइड्रोजन बम परीक्षण भड्काउपूर्ण भएको उनको भनाइ थियो । उत्तर कोरियाको एकमात्र सहयोगी चीनले पनि उत्तर कोरियालाई वार्तामा फर्कन आह्वान गरेको छ ।

यता, संयुक्त राष्ट्रसंघमा अमेरिकी दूत निक्की हेलीले उत्तर कोरिया विरुद्धको कडा प्रतिबन्धले मात्रै कूटनीतिक ढंगबाट समस्याको समाधानलाई सहज बनाउने जिकिर गरेकी छन् ।

Post Comment