मेक्सिकोमा ८.१ म्याग्निच्यूडको भूकम्प,सुनामीको चेतावनी

मेक्सिकोमा ८.१ म्याग्निच्यूडको भूकम्प,सुनामीको चेतावनी
अन्तर्राष्ट्रिय समाचार

मेक्सिकोमा ८.१ म्याग्निच्यूडको भूकम्पपश्चात् सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पमा परि अहिलेसम्म पाँच जनाको मृत्यु भएको बताइएको छ । मेक्सिकोका राष्ट्रपति इन्रिके पेना निइटोले स्थानीय समयानुसार बिहिबार रातीको भूकम्पलाई शताब्दीकै ठूलो भूकम्पको संज्ञा दिएका छन् ।

संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र पिजिजियापन शहरको दक्षिण–पश्चिममा ८५ किलोमिटर टाढा र जमिनबाट ७० किलोमिटर गहिराइमा थियो ।

मेक्सिकोका साथै ग्वाटेमाला, एल सेल्वाडोर, कोस्टा रिका, निकारागुआ, पनामा र होन्डुरसमा सुनामीको चेतावनी जारी गरिएको छ ।

मेक्सिको सिटीमा भूकम्पको तिब्र झट्का महसुस गरेपछि मानिसहरु सडकमा भागाभाग गरेको बताइएको छ ।

भूकम्पको झट्का लगभग १ मिनेटसम्म महसुस गरियो । भूकम्पपछि पनि ४.९ देखि ५.७ तिब्रताको झट्का महसुस गरियो । एक पर्यटक लुइस कार्लोस ब्रिकेनोले रोयटर्ससँग आफूले कहिले पनि धर्ती यति बेस्सरी हल्लिएको महसुस नगरेको बताए ।

स्थानीय लिलिआना विलाले भूकम्पको झट्का महसुस गरेपछि घर ढल्छ भन्ने सोचेर बाहिर निस्किएको बताइन् ।

मेक्सिकोको पूवी तटमा कटिला आँधीको कहर पनि जारी छ ।

Post Comment