‘ उत्तर कोरियालाई प्रतिबन्धले रोक्न सक्दैन’

‘ उत्तर कोरियालाई प्रतिबन्धले रोक्न सक्दैन’
अन्तर्राष्ट्रिय समाचार

उत्तर कोरियाले थप प्रतिबन्ध र दबाबले आफ्ना पारमाणविक कार्यक्रमलाई अझ अघि बढाउन सघाउ मात्रै पुर्‍याउने चेतावनी दिएको छ।

कडा शब्दमा लेखिएको एउटा विज्ञप्तिमा प्योङयाङले हालै संयुक्त राष्ट्रसंघले लगाएका प्रतिबन्धहरुलाई ‘अति क्रुर, अनैतिक र शत्रुताको अमानवीय क्रियाकलाप’ भनेको छ ।

यसैबीच अमेरिकी र चिनियाँ राष्ट्रपतिहरुले राष्ट्रसंघीय प्रतिबद्धताको कडा कार्यान्वयनमार्फत उत्तर कोरियामाथि दबाब बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेका थिए।

 

Post Comment