उत्तर कोरियाको चेतावनी:अमेरिकामाथि ‘भयानक आणविक आक्रमण र अन्तिम विनाश’को धम्की

उत्तर कोरियाको चेतावनी:अमेरिकामाथि ‘भयानक आणविक आक्रमण र अन्तिम विनाश’को धम्की
अन्तर्राष्ट्रिय समाचार

उत्तर कोरियाले  दिएको छ। अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा सैन्य अभ्यास सुरु गरेपछि उत्तर कोरियाले मंगलबार यस्तो धम्की दिएको हो।

‘डिपिआरके (उत्तर कोरिया), जो अभूतपूर्व बाधाहरुका बाबजूद सबैभन्दा शक्तिशाली आणविक राज्यका रुपमा स्थापित छ, कुनै नाकाबन्दी दबाब वार युद्धबाट डराउँदैन,’ उत्तर कोरियाली समाचार संस्था केसिएनएले सरकारी भनाइ उधृत गरेको छ, ‘अमेरिकाले युद्ध र द्वन्द्वको बाटो रोजेमा उसले भयानक आणविक आक्रमण तथा अन्तिम विनाशको सामना गर्नुपर्नेछ।’

‘उत्तेजनाको कुनै लक्षण देखाए मात्रै पनि’ उत्तर कोरिया त्यसलाई नष्ट गर्न तयार रहेको धम्की सो देशले दिएको छ।

‘उत्तर कोरियाले शत्रुहरुको सख्त प्रतिबन्ध र नाकाबन्दीका बाबजूद प्राप्त गर्नुपर्ने सबैथोक पाइसकेको छ। त्यसैले उत्तर कोरियालाई नयाँ नाकाबन्दीका माध्यमबाट आफ्नो विचार परिवर्तन गराउन सकिन्छ भन्ने सोच्नु दिवास्वप्न मात्रै हो,’ वक्तव्यमा भनिएको छ।

मंगलबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै आफू र आफ्नो गठबन्धनको प्रतिरक्षा गर्नुपर्ने अवस्था आए अमेरिकाले उत्तर कोरियालाई पूरै ध्वस्त गर्नुको विकल्प नरहने धम्की दिएका छन्।

Post Comment