संसारकै सबैभन्दा धेरै परमाणु हतियार कुन देशसँग छ ?

संसारकै सबैभन्दा धेरै परमाणु हतियार कुन देशसँग छ ?
अन्तर्राष्ट्रिय समाचार

२६ सेप्टेम्बर ‘इन्टरनेशनल डे फर द टोटल एलिमिनेशन अफ न्यूक्लियर विपेन्स’ को रुपमा मनाइन्छ ।

संयुक्त राष्ट्र महासभाले सन् २०१३ मा प्रस्ताव पारित गरेर २६ सेप्टेम्बर परमाणु अस्त्रको समानान्तर विनाशको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइने बताएको थियो ।

आज यसैको मौकामा आज हामी तपाईंलाई संसारभरी सबैभन्दा धेरै विनाशकारी हतियार कुन देशसँग छ भन्ने बारे जानकारी दिँदै छौं ।

अमेरिकासँग दशकौंदेखि यस्ता परमाणु हतियार छन् जससँग धर्तीलाई यति नराम्रोसँग ध्वस्त गर्नसक्ने क्षमता छ कि यहाँ मानिसहरु बस्न लायक हुनेछैनन् ।

अमेरिकाको हतियारको भण्डार बेलायतको तुलनामा ३१ गुणा र चीनको तुलनामा २७ गुणा ठूलो छ ।

परमाणु हतियारमा रुस अमेरिकाभन्दा अगाडिः

वासिङ्टनस्थित संस्था आर्म्स कन्ट्रोल असोसिएसनको लगभग सात महिना पुरानो रिपोर्ट अनुसार रुसमात्र एक्लो यस्तो देशको जुन परमाणु शक्तिको मामलामा अहिले अमेरिकाभन्दा अगाडि छ । अमेरिकासँग कूल ६ हजार ८ सय परमाणु हतियार छन् भने रुससँग ७ हजार यस्ता हतियार छन् ।

अमेरिका र रुस मात्र यस्ता दुई देश हुन जोसँग परमाणु हमलाका लागि आवश्यकभन्दा बढि हतियार छन् । दुबैसँग संसारमा रहेका कूल १५ हजार यस्ता हतियारका ९० प्रतिशत छन् । यो सूचीमा ३ सय हतियारसहित फ्रान्स तेस्रो स्थानमा छ ।

अमेरिका शीर्ष स्थानमा रहन चाहन्छः

सन् २०१० मा प्रागमा भएको स्ट्रेटेजिक आर्म्स रिडक्शन ट्रिटीका अनुसार अमेरिका र रुसले सन् २०१८ अप्रिलसम्म आफ्नो परमाणु हतियारको भण्डारलाई एक समान बनाउनुपर्नेछ । त्यसपछि सन् २०२० मा दुबै देशबिच नयाँ सम्झौतामाथि विचार गर्नुपर्नेछ ।

नेटो सम्झौताका अनुसार अमेरिकाले बेल्जियम, जर्मनी, इटली, नेदरल्याण्ड र टर्कीमा आफ्नो परमाणु हतियार तैनाथ गरेको छ । क्यानडा, बेलायत र इजिप्टमा पनि अमेरिकाका हतियार थिए जुन पछि हटाइएको हो । यसका साथै सैनिक अड्डा र युद्धपोतमा पनि यस्ता हतियार राखिएका छन् ।

Post Comment