सन् २०१८ को अन्त्यसम्म सबैको घरमा बिजुली

सन् २०१८ को अन्त्यसम्म सबैको घरमा बिजुली
अन्तर्राष्ट्रिय समाचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष सन् २०१८ को अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली पुग्ने बताएका छन् ।

उनले यससम्बन्धी कार्यक्रमको मङ्गलबार घोषणा गर्नुभएको हो । आगामी बर्षको अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली बत्ती पुगिसक्ने उहाँको आश्वासन आएको हो ।

भारतमा बिजुली बत्ती नपाएका ४ करोडभन्दा बढी घरमा अबको बढीमा १५ महिनाभित्रमा बिजुली पुग्ने योजना भारतीय सरकारले ल्याएको हो ।

यसका लागि भारत सरकारले मङ्गलबार एक नयाँ आयोजनाको पनि घोषणा गरेको छ । उक्त आयोजना साढे दुई अर्ब अमेरिकी डलर बराबरको हो । यसबाट भारतका बाँकी रहेका घरधुरीमा अब बिजुली बत्ती पुग्ने अनुमान गरिएको छ।

प्रधानमन्त्रीको यस घोषणालाई कतिपय राजनीतिक विश्लेषकहरुले भने प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी कार्यक्रम पनि भनेका छन् ।

उनीहरुले भारतमा आगामी सन् २०१९ मा अर्थात करिब डेढ बर्षपछि नै नयाँ आम निर्वाचनको समय आएकोले अबको निर्वाचनकै लागि उनले यो चुनावी कार्यक्रम ल्याएको भनेका छन् ।

भारतमा रहेको जम्मा २५ करोड घरधुरीमध्ये अझै पनि ४ करोड घरमा बिजुली छैन र यो कम्तीमा पनि २० प्रतिशत हुन आउँछ ।

प्रधानमन्त्री मोदीले मङ्गलबार नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने – भारतमा अझै पनि कम्तीमा २० प्रतिशत नागरिकमा बिजुली पुगेको छैन उनीहरुलाई आगामी बर्षको अन्त्यसम्ममा पु¥याइने छ ।

यो क्षेत्र गाँउ होस वा सहर होस, उनीहरुको प्रत्येक घरमा आगामी बर्षको अन्त्यमा बिजुली पुग्नेछ, यसमा ढुक्क हुनुपर्छ– उनको भनाई थियो ।

Post Comment