उत्तर कोरियाली नेता किमजोङ उनलाई मार्ने योजना विफल बनेको छ । अमेरिकी र दक्षिण कोरियाको योजनामा उनलाई मार्ने योजना बनेको थियो ।
सो गोप्य प्लानलाई उत्तर कोरियाली ह्याकरले कम्प्युटरबाट चोरी गरेर विफल बनाइदिएको बीबीसीले जनाएको छ ।
साथै चोरी गरिएको उक्त दस्तावेजमा अमेरिकी तथा दक्षिण कोरियाको सैन्य कमाण्डरसँग जोडिएको गोप्य जानकारी समेत रहेको छ। अहिलेसम्म दक्षिण कोरियाले अमेरिकासँग गरेको सैन्य युद्ध अभ्यास र उसको आगामी नीति समेत दस्तावेजमा उल्लेख रहेको बिबिसीले उल्लेख गरेको छ ।
चोरिएको उक्त डाटा २३५ जीबी रहेको छ। जसमा दक्षिण कोरियाको विशेष सैन्य दस्तावेज, पावर प्लान्ट तथा वृहत सैन्यको ठेगानाको बारेमा जानकारी दिइएको सासंद रीले दाबी गरेका छन्।
मे महिनामा दक्षिण कोरियाले ठूलो मात्रामा तथ्यांक चोरी भएको र त्यस्तो हमला उत्तर कोरियाले गराएको हुनसक्ने बताएको थियो तर चोरी भएका विषयबस्तुकाबारे भने कुनै जानकारी दिएको थिएन।
उत्तर कोरियाले त्यस्तो आरोपको खण्डन गरेको थियो।
दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले जनाए अनुसार हालैका वर्षहरुमा सोलले आफ्नो कम्युनिष्ट छिमेकीबाट इन्टरनेट मार्फत हुने साइबर हमलाको श्रृंखलाको सामना गर्न परिरहेको छ।
ति मध्ये धेरै जसो सरकारी वेबसाइट र संरचनाहरुलाई निशाना बनाएर हुने गरेका छन्।
उक्त अलगथलग रहेको देशसंग चिन लगायत समुद्रपारका देशहरुमा विशेष तालिमप्राप्त ह्याकरहरु रहेका विश्वास गरिन्छ।