उत्तर कोरियाले अब अमेरिकापछि अन्य देशलाई पनि धम्काउन सुरु गरेको छ । अमेरिकालाई सहयोग गरेका कारण अष्ट्रेलिया पनि उत्तर कोरियाको निशानामा छ । स्थिती यहाँसम्म पुगिसकेको छ कि अष्ट्रेलियाका विदेशमन्त्री जुलिया बिशपले ‘हामी उत्तर कोरियाको पहिलो टार्गेट होइनौं’ भनी स्पष्टिकरण दिनुपरेको छ ।
तर संयुक्त राष्ट्रमा उत्तर कोरियाको कारवाहीका लागि अमेरिकालाई सहयोग गर्ने जुनसुकै देशलाई उत्तर कोरियाले निशानामा राखेको बताइएको छ । यद्यपी, जुन देश अमेरिकालाई सहयोग गर्दैनन् उनीहरु उत्तर कोरियाको कारवाहीमा नपर्ने बताइएको छ ।
संयुक्त राष्ट्रमा उत्तर कोरियाका डेप्यिुटी यूएन एम्बेसेडर किम इन रयोंगको दस्ताबेजमा यो कुराको खुलासा भएको हो । यो दस्तावेज यूएन जनरल असेम्बलीको एक कमिटीको तर्फबाट परमाणु हतियारको विषयमा गरिएको छलफलमा समावेश गरिएको थियो । यसमा भनिएको छ, ‘जबसम्म अमेरिकी मिलिट्री एक्शनमा कुनै देश समावेश छैन तबसम्म त्यो देशमाथि परमाणु हमला गरिने छैन ।’ यदि अमेरिकाले उत्तर कोरियाली क्षेत्रमा एक इन्च मात्र दखल दिएपनि उत्तर कोरियाले अमेरिकालाई सिधा निशाना बनाउन सक्ने चेतावनी पनि उक्त दस्तावेजमा दिइएको छ ।
उक्त दस्ताबेज रयोंगले यूएन जनरल एसेम्बलीको डिसआर्ममेन्ट कमेटीमा प्रस्तुत गरेका हुन् ।
उत्तर कोरियाको भनाई उद्धृत गर्दै उनले भने, ‘सबैभन्दा खतरनाक त यो हो कि अमेरिका आफ्नो गोप्य अपरेशनमार्फत् हाम्रा शक्तिशाली नेतालाई समाप्त गर्न चाहन्छ । उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम समाप्त गरेको छ । अब हामी एटमी ताकत भएको देश बनेका छौं । हामीमाथि कारवाही गर्नुको अर्थ विरोधी देशले एटोमिक, हाइड्रोजन र इन्टरनेशनल ब्यालेष्टिक मिसाइलको हमला झेल्नुपर्ने हुनेछ । पूरा अमेरिका हाम्रो पहुँचमा छ । यदि अमेरिकाले हाम्रो देशमा एक इन्च पनि प्रवेश गर्ने आँट गरे यसको गम्भीर नतिजा भोग्नुपर्ने हुन्छ ।’
उत्तर कोरिया र अमेरिकाबिच विवाद चरम छ । एकातिर अमेरिका किम जोंगलाई लगाम लगाउने कोसिस गरिरहेको छ भने दोस्रोतर्फ उत्तर कोरिया प्रतिबन्ध मान्नका लागि तयार छैन ।