जापानमा आँधीबाट पाँच जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

जापानमा आँधीबाट पाँच जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
अन्तर्राष्ट्रिय समाचार

मध्य जापानमा आएको आँधीबाट पाँच जनाको ज्यान गएको समाचार छ। आइतबारदेखि जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ।

सोमबार बिहानसम्म यो आँधीबाट पाँच जनाको ज्यान गएको छ । यहाँको यातायात व्यवस्थामा नराम्ररी प्रभाव परेको छ।

मध्य जापानी क्षेत्रहरु होन्सु र सिजाउको प्रिफेक्चरमा प्रतिघन्टा १९८ किलोमिटरको बेगमा आँधी आएको छ । यसले यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ।

सोमबार बिहानैदेखि ती क्षेत्रमा यातायातका साधनहरु चलाइएको छैन भने व्यापार व्यावसाय पनि ठप्प भएको छ। जसका कारण विद्यालय बन्द छन् भने सरकारी कार्यालय सोमबार खुलेका छैनन्।

मौसम विज्ञान विभागले सुरक्षित स्थानमा बस्न र घरबाट बाहिर ननिस्कन भनेको छ। ती क्षेत्रमा हवाई उड्डयनहरू पनि स्थगित गरिएका छन्।

कतिपय स्थानीय नगरहरुमा उद्धारका लागि पनि सूचना जारी गरिएको छ। आँधीको असर राजधानी टोकियोमा पनि पर्नसक्ने भनी सतर्कता अपनाउन भनिएको छ।

Post Comment