मलेसियाको पेनाङ सहरमा आज बिहान नेपाली तथा इण्डोनेसीयाली कामदार बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय सोनी कम्पनीको कारखानामा काम गर्ने महिला कामदार बोकेका बस ठोक्किदा ३३ जना घाइते भएको च्यानल न्यूज एसियाले जनाएको छ ।
स्थानीय सञ्चार माध्यमले जनाए अनुसार, स्थानीय समय बिहान साढे ५ बजेतिर दुई वटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने कामदारको नाम तथा राष्ट्रियता अहिलेसम्म खुल्न सकेको छैन् । प्रहरीले मृत्यु हुनेमा सबै महिला रहेको जनाएको छ ।