शक्तिशाली आँधीका कारण मध्य यूरोप तथा उत्तरी यूरोपमा पाँच जनाको मृत्यु भएको छ। मृत्य हुनेमा जर्मनी, पोल्याण्ड र चेक गणतन्त्रका बासिन्दाहरू रहेका छन्।
मृत्यु हुनेमा त्रिसठ्ठी वर्षीय एक जर्मन नागरिक हावाको वेगले गर्दा तथा अन्य चारको रूख ढलेर किचिएकाले मृत्यु भएको जनाइएको छ। मृतकको विवरण भने प्राप्त भइसकेको छैन।
यसैबीच जर्मनको हेमवर्ग इलाकामा बाढी पनि आएको छ। आँधीले जर्मनीको रेलसेवाको केही स्थानहरूमा क्षति पुर्याएको छ। पोल्याण्ड र चेक गणतन्त्रको केही भू–भागका सडक तथा विद्युत् सेवामा पनि आँधीले गर्दा क्षति भएको छ।
आँधी १८० किलोमिटर प्रतिघण्टाको तीव्र वेगमा चेक गणतन्त्रको उच्च हिमाली क्षेत्रतिर बगिरहेको छ।