भारतले केन्याबाट उसका नागरिकलाई उद्दार गर्ने क्रममा ७ नेपाली चेलीको पनि उद्दार गरेको छ ।
मानव तस्करीमा संलग्न गिरोहबाट बन्दी बनाइएको सूचनाका आधारमा भारतले केन्याली प्रहरीको सहायतामा उनीहरुको उद्दार गरेको हो । ७ नेपालीसहित ३ भारतीय महिलालाई मोम्बासा सहरमा बन्दी बनाइएको सूचनापछि भारतीय कुटनीतिज्ञको पहलमा केन्याली प्रहरीले उनीहरुको उद्दार गरेको हो ।
भारतीय विदेशमन्त्री शुष्मा स्वराजले आफ्नो ट्वीटरमार्फत उद्दार गरिएको जानकारी दिएकी छन् । उनका अनुसार उद्धार गरिएका महिलालाई भारत लगिँदैछ ।
मानव तस्करीमा संलग्नलाई कारवाही गर्न समेत उनले निर्देशन दिएकी छिन् । मानव तस्करीमा संलग्नहरु भारत पञ्जावका भएको बताइएको छ ।