रामापोसा दक्षिण अफ्रिकाको राष्ट्रपति नियुक्त

रामापोसा दक्षिण अफ्रिकाको राष्ट्रपति नियुक्त
अन्तर्राष्ट्रिय समाचार

दक्षिण अफ्रिकाको संसदले सिरिल रामापोसालाई नयाँ राष्ट्रपतिको रुपमा नियुक्त गरेको छ।

विवादित राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसदले बिहीबार रामापोसालाई राष्ट्रपति पदमा चयन गरेको थियो।

प्रधान न्यायाधीश मोख्वेङ मोख्वेङले रामापोसा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।
सांसदहरुलाई संबोधन गर्दै रामापोसाले जनताको जीवनस्तर सुधार्न सबै दलहरुसंग मिलेर काम गर्ने बताए।

उनले भ्रष्टाचारसंग जुध्ने आफ्नो प्राथमिकता हुने बताए।

उनले दक्षिण अफ्रिकी जनतालाई निराश हुन नदिन आफुले कडा मेहनत गर्ने पनि जनाए।

Post Comment