अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मोनियमको आयातमा कर लगाउने घोषणा गरेपछि चीनले व्यापार युद्धको चेतावनी दिएको छ ।
ट्रम्पले हाम्रो वेवकुफपूर्ण नीतिले अमेरिकाले हरेक्बर्ष ८ सय अर्ब डलरको व्यापार घाटा बेहोरिरहेको बताउदै यसको अन्त्य गर्ने बताएका थिए । आइतबार ट्रम्पले स्टिल आयातमा २५ प्रतिशत र आल्मोनियमा १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । साथै ट्रम्पले युरोपमा बनेका कारहरुलाई पनि र लगाउने धम्कि दिएका छन् ।
गत जनवरीमा सोलार प्यानल र वाशिङ मेशिनको आयातमा कर लगाउने घोषणा गरेका थिए । ट्रम्पले व्यापार युद्ध राम्रो हो भन्ने प्रतिक्रिया दिएपछि त्यसको आइएमएफ, डब्लुटिओले आलोचना गरेका छन् ।
ट्रम्पको यस घोषणाको विरोध गर्दै चिनियाँ नेशनल पिपुल्स काँग्रेसका प्रवक्ता झांग यसुईले अमेरिका र चीनबीच केहि टकराव बाँकी रहिरहने बताएका छन् । दुई देशबीच गत बर्ष ५८० अरब डलरको व्यापार भएको थियो । चीनले आफ्नो हितमा कुनै असर पुगे आफुले जरुरि कदम अवश्य उठाउने बताउदै ट्रम्पको कदमको आलोचना गरेका छन् ।
अमेरिकाले सयभन्दा बढी देशबाट स्टिल आयात गर्ने गर्दछ जुन निर्यातको तुलनामा चार गुणा बढी रहेको छ । त्यस्तै अमेरिका युरोपको लागि सबै भन्दा ठुलो कार बजार हो । २०१६ मा मात्र २३७ अर्ब डलरको मोटर युरोपले अमेरिका निर्यात गरेको थियो ।