रुसी सैन्य विमान सिरियामा दुर्घटनाग्रस्त,३२ जनाको मृत्यु

रुसी सैन्य विमान सिरियामा दुर्घटनाग्रस्त,३२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार

रुसको एक सैन्य विमान सिरियामा दुर्घटनाग्रस्त भएको छ । रुसको रक्षा मन्त्रालयले दुर्घटनामा परि विमानमा सवार २६ यात्रु तथा चालक दलका ६ जना सदस्यकाे ज्यान गएको जनाएको छ ।

रिया नोवोस्ती न्यूज एजेन्सीको जनाए अनुसार दुर्घटना सिरियाको तटीय शहर लताकिया नजिकै भएको हो । प्रारम्भिक रिपोर्टका अनुसार रुसी सैन्य विमान खमेमिम एयरबेसमा उत्रँदै गर्दा दुर्घटनामा परेको हो ।

रुसले आफ्नो विमान दुश्मनको निशानामा नपरेको बताउँदै दुर्घटनाको प्रमुख कारण प्राविधिक गडबडी भएको बताएको छ

Post Comment