पिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा अनुमोदित

पिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा अनुमोदित
अन्तर्राष्ट्रिय समाचार

चिनियाँ संसद्ले राष्ट्रपति सी जिनपिङलाई दोस्रो पाँच वर्षे कार्यकालका लागि सर्वसम्मतिले अनुमोदन गरेको छ।

संसद्ले सीका एकजना निकटवर्ती र भ्रष्टाचारविरोधी पूर्वअधिकारी वाङ चिसानलाई उपराष्ट्रपतिमा नियुक्त गरेको छ।

बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा मतदान भएको थियो।

गत हप्ता चिनियाँ संसद्ले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने पक्षमा मतदान गरेको थियो।

 

त्यसको अर्थ राष्ट्रपति सी अनन्तकालसम्म सत्तामा रहन सक्छन्।

चीनले सन् १९९० को दशकमा राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि तय गरेको थियो।

राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए।

त्यसको सट्टा उनले राजनीतिक शक्ति आफूमा केन्द्रित गरेका थिए र पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन उनी सफल भएका थिए।

Post Comment