उत्तर कोरियाली नेता किमले चीन भ्रमण गरेको पुष्टि

उत्तर कोरियाली नेता किमले चीन भ्रमण गरेको पुष्टि
अन्तर्राष्ट्रिय समाचार

चिनियाँ राष्ट्रपति सि जिनपिङले उत्तर कोरियाली नेता किम जङ अनसँग बेइजिङमा छलफल गरेका छन्।

चिनियाँ राजधानीमा उत्तर कोरियाली नेतृत्वसँग सम्बन्धित एउटा रेल देखिएपछि किम सात वर्षपछि पहिलो पटक विदेश भ्रमणमा गएको ठानिएको थियो।

संयुक्त राज्य अमेरिकासँग आफ्नो परमाणु र बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे उत्तर कोरियाले गर्न लागेको भनिएको वार्ताको अघि यो भ्रमण भएको हो।

चीनले परम्परागत रुपमा नै प्योङयाङसँगका अन्तराष्ट्रिय वार्ताहरूको मध्यस्तता गर्दै आएको छ।

तर आगामी वार्ताहरूमा बेइजिङको भूमिका के हुन्छ भनेर प्रष्ट भइसकेको छैन्।

केही दिनको अडकलबाजीपछि चीनको सिन्हुवा समाचार संस्थाले उत्तर कोरियाली नेताले बेइजिङको भ्रमण गरेको पुष्टि गरेको हो।

Post Comment