उत्तर कोरियाका नेता किमले भने : “अमेरिकासँग वार्ता गर्न तयार छु”

उत्तर कोरियाका नेता किमले भने : “अमेरिकासँग वार्ता गर्न तयार छु”
अन्तर्राष्ट्रिय समाचार

 उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।

परमाणु कार्यक्रमले दुई देशबीच दशकौंदेखि चिसिएको सम्बन्ध सुधार्न उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न लागेको हो । वार्ता हुने स्थान र समयबारे भने अझै स्पस्ट भएको छैन ।

यसअघि पनि अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने चर्चा चलेपनि भएको थिएन ।

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे वा जुनमा उत्तर कोरियाली नेता किमसँग वार्ता हुने उल्लेख गरेका थिए ।

उत्तर कोरियाली परमाणु कार्यक्रमका कारण अमेरिका र दक्षिण कोरियाबीच चिसिएको सम्बन्ध सुधार्नकै लागि उत्तरले हालै दक्षिण कोरियामा भएको शीतकालीन ओलम्पिकमा आफ्ना खेलाडी पठाएर प्रयास थालेको थियो ।

यदि, किमले ट्रम्पलाई भेटेमा अमेरिकी इतिहासमै कुनै उत्तर कोरियाली राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई भेटेको पहिलो घटना हुनेछ ।

Post Comment