उत्तर कोरियाली नेता किम जङ-अनले सबै क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने र तत्काल लागू हुने गरी एउटा पारमाणविक परीक्षण केन्द्र बन्द गर्ने बताएका छन्।
कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ, “एप्रिल २१ बाट उत्तर कोरियाले पारमाणविक र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण बन्द गर्नेछ।”
सरकारी सञ्चारमाध्यमका अनुसार उक्त निर्णयको उद्देश्य शान्ति तथा आर्थिक वृद्धि हासिल गर्ने रहेको छ।
किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मून जे-इनसँग आउने हप्ता भेटवार्ता गर्दैछन्।
उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि आउँदो जुनमा एउटा अभूतपूर्व शिखर बैठक गर्ने अपेक्षा गरिएको छ।
यदि त्यो भए बहालवाला अमेरिकी राष्ट्रपति र कोरियाली नेताबीच बैठक भएको पहिलो पटक हुनेछ।