ऐतिहासिक शिखर बैठक : दुई कोरियाबीच पहिलो चरणको वार्ता सम्पन्न

ऐतिहासिक शिखर बैठक : दुई कोरियाबीच पहिलो चरणको वार्ता सम्पन्न
अन्तर्राष्ट्रिय समाचार

उत्तर र दक्षिण कोरियाली नेताहरूले दुई देशबीचको ऐतिहासिक शिखर बैठक अन्तर्गत पहिलो चरणको वार्ता सम्पन्न गरेका छन्।

दुई देशको गैरसैनिक क्षेत्रमा दक्षिण कोरियाली राष्ट्रपति मून जे-इन र उत्तर कोरियाली नेता किम जङ-अनबीच वार्ता भएको हो।

दिउँसोको खाना खाएपछि दुई नेताबीच फेरि भेटवार्ता हुनेछ।

शिखर बैठकअघि त्यसबाट व्यापक अपेक्षाहरू गरिएका थिए र बैठकको शुरूमा बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मूनले एउटा दह्रो सहमतिको अपेक्षा गरेको बताए।

 

उनले उत्तर कोरियाली नेता किमले देखाएको साहसको प्रशंसा पनि गरे।

सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो उत्तर कोरियाली नेताका रूपमा किमले स्थानीय समय अनुसार साढे ९ बजेतिर दक्षिण कोरियाली भूमिमा पाइला टेकेका थिए।

 

उनले दुई देशबीचको शिखर बैठकलाई एउटा नयाँ शुरूवातको संज्ञा दिए।

दक्षिण कोरियाली भूमिमा पाइला टेकेपछि त्यहाँको ‘पीस हाउस’को आगन्तुक पुस्तिकामा उनले लेखे- “शान्ति युगको प्रारम्भ विन्दुमा एउटा नयाँ इतिहास शुरू भएको छ।”

दुई नेताबीचको वार्ता कोरियाली प्रायद्वीपमा पारमाणविक अस्त्रको भविष्य र दुई कोरियाबीचको युद्ध अन्त्य भएको औपचारिक घोषणामा केन्द्रित हुने अपेक्षा गरिएको

Post Comment